४ प्रहरी हवलदारसहित २२ प्रहरी सम्पर्कविहीन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ।

बुधबार सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको हो।

सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल विसु, गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राई छन्।

त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवानहरू महिना दिन भन्दा बढि समयदेखि सम्पर्कविहीन छ्न् ।

उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसकारण सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित प्रहरी प्रधान कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउन निर्देशन दिइएको छ।

अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही गर्ने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।

police 1695776124 https://newskhari.com/storage/2023/03/Nepal-Police-Headquarter.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित