जागिरकाे प्रलोभन देखाइ महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् ।

एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिस्टार सिंहले बताए ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि (असोज ५ गते) जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन् ।

धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सोही पक्राउ पुर्जीअनुसार उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी दिन ७ (सात) म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित