चीन उड्दै क्रिकेटर सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन्। एसियन गेममा सहभागी हुन लामिछाने मंगलबार साढे १२ बजेको चीन जान लागेका हुन्। उनी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। एसियन गेममा सहभागी हुन नेपाली क्रिकेट टोली आइतबार नै चीन प्रस्थान गरिसकेको छ। लामिछाने भने आइतबार नै आफूविरुद्धको मुद्दामा पेसी तोकिएकाले टिममा सहभागी बनेका थिएनन्।

काठमाडौं जिल्ला अदालतमा आइतबार लामिछानेको पेसी तोकिएको थियो। भदौ २१ गतेपछि असोज १ मा तोकिएको पेसी असोज ७ मा सरेको थियो। अदालतले पेसी स्थगन गरसँगै लामिछाने चीन जान जाने भएका हुन्। चीन नजाने बताएका उनलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले खेलमा सहभागी हुन आग्रह गरेका थिए।

लामिछानेविरुद्ध ‘गौशाला २६’ किशोरीले दायर गरेको जबरजस्ती करणीको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।​ एसियन गेममा नेपाली टोलीले बुधबार मलेसियासँग खेल्दैछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित