काठमाडौं। नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त कम्पनीको अनुमतिपत्र खारेज गरेको जानकारी गराएको हो ।
कम्पनीले भुक्तानी तथा फर्छ्योट ऐन, २०७७ को दफा ३६को खण्ड(छ)र (ज) बमोजिमको कसुर गरेको भन्दै लाइसेन्स खारेज गरिदिएको केन्द्रीय बैंकले जनाएको छ । उक्त कम्पनीले २०७६ असोज ३० गते भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने अनुमति पाएको थियो ।
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरूको प्रयोग गर्ने ग्राहकहरूलाई कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।