प्रधानमन्त्री दाहाल र सीपीसी स्थायी समिति अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ नेसनल पिपुल्स कंग्रेस (सीपीसी) का स्थायी समिति अध्यक्ष चाओ लेजीबीच भेटवार्ता भएको छ।

सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री दाहाल र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो। भेटमा अध्यक्ष लेजीले नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री दाहालले आजै प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने कार्यतालिका छ। प्रधानमन्त्री दाहाल र समकक्षी लीबीच स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटमा भेटवार्ता हुनेछ ।

भेटवार्तालगत्तै दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही सहमति सम्झौतामा हस्ताक्षर हुनेछ। त्यसअघि त्यानआनमेन स्क्वायरमा हुने स्वागत समारोहमा सहभागी हुनेछन् । त्यहाँ उनलाई गार्ड अफ अनर दिइनेछ। ​

त्यसपछि १२ बजे प्रधानमन्त्रीले दिएको स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् । १ बजे हुवाइ बेइजिङ ग्रुपमा नेपाली टोली पुग्नेछ। प्रधानमन्त्रीले साढे ५ बजे चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई अन्तरवार्ता दिनेछन्।

असोज ४ गते अमेरिकामा राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि सिधै चीन भ्रमणमा गएका दाहाल हिजो बेइजिङ पुगेका हुन्। उनले आइतबार बेइजिङमा आयोजित नेपाल चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गरे।

उनले नेपालमा पर्यटन, पूर्वाधार, ऊर्जा, कृषि, औषधिजन्य उत्पादनलगायत क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको बताए । सम्मेलनपछि बेइजिङस्थित नेपाली दूतावासमा आइतबार साँझ आयोजित स्वागत समारोहमा दाहालले चिनियाँ राष्ट्रपतिसँग हिजो भएको छलफलले आफू उत्साहित भएको बताए।

प्रधानमन्त्री दाहालले चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नेछन्।

उनले तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीको टोली चीनबाट १३ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित