काठमाडौं । आफूविरुद्ध मुद्दाको पेसी परेपछि क्रिकेटर सन्दीप लामिछाने चीन जान नपाउने भएका छन् । आफूविरुद्ध मुद्दाको पेसी परेपछि चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नपाउने भएका हुन् ।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न आज का लागि पेसी तोकिएको छ।
मुद्दा सुनुवाइ हुनेरनहुने टुंगो लागेपछि मात्रै सन्दीप चीन जाने वा नजाने निर्णय हुने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।
यसअघि गत भदौमा पनि मुद्दाको पेसी परेकै कारण सन्दीप एसिया कप खेल्न टोलीभन्दा पछि जानुपरेको थियो। भदौ १० गतेका लागि पेसी तोकिए पनि त्यस दिन मुद्दा हेर्न नभ्याइनेमा राखिएपछि उनी भोलिपल्ट ११ गते पाकिस्तान जान पाएका थिए ।
चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो (शनिबार) मात्र उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। अहिले उनी चीन भ्रमणमै छन्।
औपचारिक उद्घाटन हिजो गरिए पनि एसियाडका खेल भने असोज २ गतेदेखि नै चलिरहेको छ।
चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो (शनिबार) मात्र उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। अहिले उनी चीन भ्रमणमै छन्।