काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ ।
चीनको औपचारिक भ्रमणका लागि आज चीन पुगेका प्रचण्डले चिनियाँ समय अनुसार साँझ ५ बजेपछि सी चिनफिङसँग भेटवार्ता गरेका हुन् ।
झेजियाङको राजधानी शहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।
यसअघि चीनको हाङ्चाउ शहरको हाङजाओ विमानस्थलमा उनीलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए ।
सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि रहेका थिए ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल आजै चीन पुगेका हुन् ।