काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिव र सदस्य पदका लागि शनिबार भएको मतदानमा शत प्रतिशत मत खसेको छ। शनिबार काठमाडौंस्थित बालुवाटारमा जारी क्यानको अधिवेशनमा सचिव र सदस्य पदका लागि मात्र निर्वाचन भएको थियो।
जसमा शत प्रतिशत मतदाताले मतदान गरेका छन्। एक सचिव र १० सदस्यका लागि भएको चुनावी प्रतिस्पर्धामा ८५ जनाले मतदान गरेका हुन्।
झापाबाट आएका प्रतिनिधिको विवाद भएपछि एकजनाको मताधिकार खोसिएको थियो।
सचिवमा पूर्वकप्तान पारस खड्का र केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन्। क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भएका हुन्।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती देवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी, लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया निर्विरोध निर्वाचित भइसकेका छन्।
हेर्नुहाेस् उम्मेदवारकाे सूची