मुगु सदरमुकाम गमगढीमा आगलागीबाट ८ घर जले

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका छन् ।

गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा प्रदीप रावल, पुतली शाही, जंग ऐडी, शान्त्वना खत्री, पञ्च सेजुवालको घर र पदमराज मल्ल टिनको टहरासहित ८ जनाको घर जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । उक्त आगलागीबाट मानवीय क्षति नभएको तर धनमाल सखाप भएको उनको भनाइ छ ।

आगो कसरी लाग्यो भन्ने कुनै तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । साढे १ बजे सुरु भएको आगलागी राति ४ बजे नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित