काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, मधेस र कोशी प्रदेशको तराई भू(भागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।