काठमाडौं । आज सुनको मूल्य ४०० रुपैयाँले घट्दा चाँदीको भाउ १५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको थियो। यो साताको आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ थियो। सोमबार सुनको मूल्य २०० रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार ५०० रुपैयाँले बढेर १ लाख १३ हजार पुगेको थियो। बुधवार भने सुन २०० रुपैयाँले घटेर १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ४२५ पुगेको छ। बुधबार भने चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरि, अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस १ हजार ९२८।८३ डलरले कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार ९२४।१६पुगेको छ। बिहीबार २३।२ डलर रहेको चाँदी आज प्रतिऔंस २३।५६ डलरमा कारोबार भइरहेको छ।