१८ बुँदे असहमति राख्दै शिक्षक सडक आन्दोलनमा

काठमाडौं । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु राजधानीको माइतीघरमा भेला भएका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका हुन् ।

महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुग्ने कार्यक्रम छ । त्यहाँ वृहद कोणसभा हुनेछ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का गंगाराम तिवारीले हजारौँ शिक्षक कर्मचारीहरू काठमाडौंमा आएको भन्दै आफूहरुको माग सम्बोधनका लागि सरकारलाई बाध्य पारिने बताए ।

शिक्षकहरुको आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ। आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित