काठमाडाैं । नेपाल शिक्षक महासंघको आह्वानमा आजदेखि काठमाडौंंमा आन्दोलन हुने भएको छ । संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।
महासंघले आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ । त्यसका लागि देशभरबाट शिक्षकहरु काठमाडौँ आइसकेका छन् ।
महासंघले आफ्नो माग पुरा गर्न विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
महासंघले मंगलबार शिक्षा मन्त्रालयले वार्तामा बोलाएपनि बस्न अस्वीकार गरेको थियो ।