७ सहसचिवको सरूवा, काे-कहाँ पुगे ?

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकसहित सात सहसचिवको सरुवा भएको छ । खानेपानी मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा कमलराज श्रेष्ठलाई पठाएका छन् भने त्यहाँका महानिर्देशक रमाकान्त दुवाडीलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर पुर्‍याइएको छ । श्रेष्ठ मेलम्ची खानेपानी विकास समितिमा कार्यरत थिए ।

मन्त्रालयले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका सुरत बमलाई मेलम्ची खानेपानी विकास समितिको उप कार्यकारी निर्देशकमा सरुवा गरेको छ । यसैगरी विभागका सहसचिव बाल मुकुन्द श्रेष्ठलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेत, रामचन्द्र काफ्लेलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल, उज्ज्वल प्रजापतिलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडा सरुवा गरिएको ।
त्यस्तै मन्त्रालयका जक्की अहमदलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर सरुवा गरिएको छ । सहसचिवहरूमा विभाग तथा महत्त्वपूर्ण आयोजनाहरूमा जान निकै ठुलो रस्साकस्सी नै चल्ने गर्छ । जसमा मन्त्री सचिव रिझाउन सक्नेले बाजी मार्दै आएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित