पट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ। नेपाल आयल निगमले शनिबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।

पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढेको निगमले बताएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्यवृद्धि गरिएको निगमले बताएको छ।

यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ पुगेको छ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

सो अनुसार काठमाडौं, पोखरा र दिपालयलाई तस्रो वर्गमा विभाजन गरिएको छ। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ हुने निगमले जनाएको छ। त्यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १ सय ८० रुपैयाँ र दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १ सय ७९ रुपैयाँ ५० पैसा कायम भएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित