एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयबाट उनको निजी निवास बालुवाटार लगिएको छ । हिजोदेखि नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो, जहाँ प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति तथा नेता कार्यकर्ता र शुभेच्छुले श्रद्धाञ्जली दिएका थिए ।

अब उनको शव श्रद्धाञ्जलीका लागि निवासमा राखिने र भोलि अन्तिम संस्कार गरिने छ । हाल जेठा छोरा मिङ्सो नेम्वाङ युकेबाट र कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट काठमाडौं आइसकेका छन् । उनीहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् ।

सरकारले भोलि राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित