काठमाडौं । बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको असामयिक निधनका कारण बुधबारको बैठक स्थगित गरिएको हो।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको हृदयाघातका कारण गएराति उपचारका क्रममा निधन भएको थियो। अर्को बैठक बिहीबार दिउँसो ३ बजेलाई बोलाइएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।