सादा पोशाकका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने समूह पक्राउ

काठमाडौं । सुनसरीमा सादा पोशाकमा रहेका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गर्दै मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले सुनसरीको बर्जुगाँउपालिकास्थित शुक्रबारेमा शुक्रबार बिहान भएको लुटपाटमा संलग्न ७ जनालाई पक्राउ गरेको जानकारी दिए।

प्रवक्ता दाहालले पक्राउ पर्नेमा एक बालकसमेत रहेको बताए। पक्राउ पर्नेमा १४ वर्षीय बालकसहित सुनसरीको दुहवी नगरपालिकाका ३२ वर्षीय नसुदिन मियाँ, ३० वर्षीय मोहमद अलिम मुर्तजा, मोरङको बूढीगंगा गाउँपालिकाका ४० वर्षीय रिजवन मियाँ, २५ वर्षीय सिजाम आलम, २१ वर्षीय मोहमद नजरुल मियाँ रहेका छन्।

यस्तै, घटनामा संलग्न ४० वर्षीय भारतीय नागरिक मोहम्मद आलम पनि पक्राउ परेका छन्। आलम पछिल्लो समय सुनसरीको दुहवीमा बसोबास गर्दै आएका थिए। उनीहरु मोरङको बुढीगंगा गाउँपालिकाको विभिन्न स्थानबाट पक्राउ गरेको उनले जानकारी दिए।

पक्राउ परेको समूहबाट चाइनिज पेस्तोल, कटुवा पेस्तोल, चक्कु, मोटरसाइकलसमेत बरामद भएको छ। उनीहरुको साथबाट नेपाली १ लाख ७५ हजार रुपैयाँ, भारतीय ११ हजार ६ सय रुपैयाँसमेत बरामद भएको छ। बरामद चाइनिज पेस्तोल प्रहरीबाट लुटिएको र कटुवा पेस्तोल अपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको अनुसन्धानका क्रममा खुलेको दाहालले जानकारी दिए।

प्रहरीले चाइनिज पेस्तोल बुढीगंगा गाउँपालिकाका रिजवान मियाँको घरमा फेला पारेको हो। रिजवान पछिल्लो १५ वर्षदेखि मोरङ र सुनसरीमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको अनुसन्धानमा खुलेको बताइएको छ। रिजवानविरुद्ध ज्यान मार्ने उद्योगदेखि चोरी, डाँकालगायतका १० वटा विभिन्न मुद्दा रहेका छन्।

शुक्रबार बिहान सुनसरीको बर्जु गाँउपालिकास्थित शुक्रबारेमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको सादा पोशाकका प्रहरीमाथि सो समूहले आक्रमण गरेको थियो।

सादा पोशाकका प्रहरी जवान विमन परियार र प्रेम चौधरी सो क्षेत्रमा हुने अपराधिक घटनाक्रमबारे सूचना संकलन र नियन्त्रणका लागि शुक्रबारे पुगेका थिए। सोही क्रममा उनीहरुमाथि आक्रमण गरी हतियार लुटिएको थियो। पक्राउ परेकाहरुविरुद्ध डाँका, हातहतियार खरखजना र संगठित अपराधमा मद्दा चलाउने प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित