६० केजी सुन तस्करी प्रकरण : सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बाराबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले जानकारी दिए।
योसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ।

गत साउन ३ गते हङकङबाट ब्रेक सु भनेर भित्र्याइएको ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।

उक्त प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पनि पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेशसँग पनि प्रहरीले बयान लिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित