आजको मौसम : काठमाडौं उपत्यकासहित देशभर वर्षा हुने

काठमाडौं । आज (शुक्रबार) देशभर मौसम बदली र वर्षा तथा तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला (शुक्रबार बिहान) भने देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भई कोशी प्रदेशका केही तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने अहिले वर्षा भएको देखिन्न’, उनले भनिन्।

उनका अनुसार काठमाडौं उपत्यकामा पनि बिहान ९ बजेपछि वर्षाको सम्भावना रहेको छ । महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

यस्तै राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित