काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि पनि पदमुक्त भएका छन् । सर्वोच्च अदालतले बिहीबार दिएको आदेशअनुसार उनी पदमुक्त भएका हुन् । यसअघि पनि उनी सर्वोच्चकै आदेशमा पदमुक्त भएका थिए ।
उनले भदौ ४ गते लिएको विश्वासको मत र त्यसअनुरुपको पत्र खारेज गरिएको छ ।
सर्वोच्चले आदेशमा विभिन्न विकल्प प्रस्तुत गरेको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै जानुनै स्वस्थ संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख छ । आदेशमा ४८ घण्टाभित्र ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ ।
कोसीमा एमाले सबैभन्दा ठूलो दल रहेको छ भने दलको नेता हिक्मत कार्की रहेका छन् । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।