६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक आरोपिलाई सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतबाट रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

उनीमाथी अनुसन्धान गर्न प्रहरीले म्याद लिइसकेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।

उनी तस्करीको सुन व्यापारीसम्म पु¥याउने कार्यमा संलग्न रहेको अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ । सुन तस्करी गर्ने चिनियाँहरु काठमाडौंमा पक्राउ पर्न थालेपछि उनीभारत भागेका थिए ।

तर प्रहरीले भारतमा समेत अनुसन्धान टोली पठाएको थियो । यसअघि तस्करीमा संलग्न किशोर बस्नेतलाई पनि सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सीआईबीका अधिकारी हङकङ पनि पुगेका छन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

साउन २१ देखि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित