किन बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’ पेज ?

काठमाडौं । लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको बताइएकाे छ ।

उक्त पेजका सञ्चालक भिक्टर पौडेलले केही बेरअघि फेसबुकमा ‘अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलिएको थिएन, त्यसैले…. बाँकी कुरा पछि गरौंला’ भन्दै स्टाटस लेखेका छन् ।

Screenshot 2023 09 04 192159 https://newskhari.com/wp-content/uploads/2023/09/ROUTINE-OF-NEPAL-BANDA-1.png

मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो ।

भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गर्‍यो । तर, समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको उल्लेख थिएन । बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तानलाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो । पछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थप्यो ।

स्रोतका अनुसार विवादमा परेपछि रुटिनले अस्थाइरुपमा पेज बन्द गरेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित