काठमाडौं । बुद्ध एयरको जहाज जनकपुर अवतरण नगरी काठमाडौं फिर्ता भएको छ। आज सिराहामा सुरु हुन लागेको एमाले सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाललगायत नेता सवार जहाज जनकपुर विमास्थलनजिकै पुगेर पनि फर्किएको हो ।
जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ नै फर्काएर अवतरण गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । काठमाडौंबाट पुनः अर्को जहाजमा जनकपुर प्रस्थान गरिएको जानकारी उनले दिए ।
‘विमानमा खराबी देखिएपछि जनकपुर नपुगी काठमाडौं फर्कियो, अहिले अर्कै विमानबाट नेताहरू जनकपुर उड्नुभएको छ’, उनले भने।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल भने विराटनगर हुँदै गएका सचिवालय बैठकस्थलमा गएका छन्।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्दैछ।