घट्न थाल्यो गोलभेडाको मूल्य, यस्तो छ अन्य तरकारीको मूल्यसूची

काठमाडौं । प्रतिकिलो डेढसय हाराहारी पुगेको गोलभेडाको थोक मूल्य घट्न थालेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार महँगीको मारमा परेको गोलभेडाको भाउ विस्तारै घट्न थालेको हो ।

विकास समितिकाअनुसार आज ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो ८५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको गोलभेडा विहीबार भने प्रतिकिलो १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १०५ रुपैयाँ छ । विहीबार भारतीय ठूलो गोलभेडाको थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ थियो । यसबाहेक, आज सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५१ रुपैयाँ छ ।

विकास समितिकाअनुसार रातो आलु ५३ रुपैयाँमा कारोबार भइरहेको छ भने सुकेको प्याजको थोक मूल्य प्रतिकिलो ७४ रुपैयाँ छ । यस्तै, गाजर ११०, बन्दा ५०, काउली ६५ रुपैयाँ र रातो मुला ६५ रुपैयाँ छ ।

विकास समितिको वेभसाइटमा प्रकाशित मूल्यसूचीअनुसार लाम्चो भन्टाको थोक मूल्य ६५ रुपैयाँ, बोडीको ८५ रुपैयाँ, घिउ सिमिको ८६ रुपैयाँ भने तितेकरेला ८६ रुपैयाँ प्रतिकिलो हुँदा परवर ६० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित