बाढीले सरस्वती माविको भवन बगायो

काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका- ४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन खोलाले बगाएको छ।

सरस्वती मावि शुक्रबार बिहानदेखि नै बाढीको उच्च जोखिममा थियो । बाढीले बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो।

जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइसकेका थिए।

दिनभरि मेलम्चीले कटान गरेपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन मेलम्चीले बगेको हो। बाढीका कारण मेलम्ची हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन् । मेलम्चीको बहाव कम नभएकाले सबैलाई सतर्क रहन वडाध्यक्ष बुद्धिमान तामाङले आग्रह गरेका छन्।

मेलम्चीको बाढीले हेलम्बु गाउँपालिका ४ ग्याल्थुमका चार घर पनि उच्च जोखिममा परेका छन्।

शुक्रबार बिहानैदेखि मेलम्चीले कटान सुरू गरेपछि भरतबहादुर कार्की, मुक्तिनाथ लामिछाने, छविरमन लामिछाने र सुरेश तामाङका घर उच्च जोखिममा परेको वडाध्यक्ष तामाङले जानकारी दिए। -फाइल तस्बिर

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित