नक्कली गहना दिएर १८ लाख ठगेको आरोपमा बागलुङकी एक महिला पक्राउ

बागलुङ । प्रहरीले पर्वतबाट एक महिलालाई ठगीको आरोपमा पक्राउ गरेको छ। नक्कली सुनका गहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ३० वर्षीया महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसी खड्का छिन्।

उनले एक वर्षअघि आफूसँग भएका गरगहाना दिएर सोही ठाउँका सूर्यबहादुर खड्कासँग १८ लाख रुपैयाँ लगेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

मीनाले दिएको गरगहना सुनचाँदी पसलमा जाँच गराउँदा नक्कली भएको खुलेपछि सूर्यबहादुरले प्रहरीमा उजुरी दिएका थिए।

सूर्यबहादुर दिएको उजुरीको आधारमा मीनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी केसीले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित