चितवन । पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडक मंगलबार मध्याह्नपछि खुलेको छ । मुग्लिन नजिक नान्सी पुलमा सोमबार साँझ आठ बजे पहिरो खसेपछि सो सडक ठप्प थियो ।
पहिरो सफा भएपछि दिउँसो १ बजेदेखि दुईतर्फी नै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले बताए ।
पुल साँघुरो भएको र हिजोदेखि नै रोकिएका गाडीका कारण लामो जाम भएको हुँदा पहिरो सफा भए पनि सहजै गाडी चल्न केही समय गाह्रो हुन सक्ने उनले बताए ।