संसद सुचारु गर्ने सहमतिको नजिक छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी निरन्तर छलफलमा छौं । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं,’ उनले भने ।

संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस् भनेर राष्ट्रपतिबाट व्यक्त शुभेच्छा सकारात्मक रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका थिए । ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन, राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित