काठमाडौं। बझाङमा एकै परिवारका ३ जनामाथि चक्कु प्रहार गरिएको छ । सुर्मा गाउँपालिका–३ घर भई सदरमुकाम चैनपुरमा डेरा गरी बस्ने एकै परिवारका ३ सदस्यमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् ।
बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार गएराति सुनिता विक र उनका दुई छोरा आदित्य र यवनमाथि चक्कु प्रहार भएको हो ।
सुनिताका श्रीमान कलम बिक काठमाडौँमा छन् । उनी नभएको बेला श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो । भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।