१५ वर्षीया बालिकाको पेटमा ६ महिनाको गर्भ, बलात्कार आरोपमा ३ जना पक्राउ

डोल्पा । डोल्पामा १५ वर्षीया बालिकाको पेटमा ६ महिनाको गर्भ देखिएपछि बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ युवकविरुद्ध ती बालिकालाई सामूहिक बलात्कार गरेको आरोप लागेको हो।

घटनाको ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएका हुन्। त्यस आधारमा पक्राउ पुर्जी जारी गरेर नौ आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका तीनमध्ये एक जनालाई मुगुबाट र दुई जनालाई जुम्ला जिल्लाबाट पक्राउ गरिएको हो। अन्य आरोपित फरार छन्। नभागून् भनेर उनीहरूको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।

बलात्कार भएकी बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको डीएसपी बुढाथोकीले बताए।

उनले भने, ‘पहिला घटनाबारे थाहा भएन। पछि बालिकाको पेटमा बच्चा हुर्कंदै गएको परिवारले थाहा पाएपछि उनीहरूको नाममा किटानी जाहेरी दिनुभएको छ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित