पदस्थापन भएको ४ महिनामै ५ एआईजीको सरुवा, उपत्यकामा थापा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ। पछिल्लो पटक बसेको मन्त्रीपरिषदको बैठकले पाँचजना एआईजीको सरुवा गरेको हो। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरु सरुवा भएका छन्। गृहमन्त्रालय श्रोतका अनुसार सरकारलाई जरुरी लागेर जिम्मेवारी हेरफेर गरिएको हो।

उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापाको सरुवा भएको छ। ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा पदस्थापना भएको साढे ४ महिना मात्र भएको थियो। उनको ठाउँमा एआईजी दिपक थापालाई ल्याइएको छ।प्रशासनमा एआईजी मिरा चौधरीको सरुवा भएको छ। चौधरी कार्य विभागमा कार्यरत थिइन्। मिराको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाइएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ। मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन्। साढे ४ महिनामै एआईजीको सरुवा गरिएपछि चौतर्फी आलोचना बढिरहेको छ। प्रहरी नियमावलीमा एआईजी सरुवा एक वर्षमा मात्रै गरिने व्यवस्था छ। नेपाल प्रहरीको प्रवक्ता कुबेर कठायतले सरुवाको विषयमा जानकारी नभएको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित