माओवादीले थप्यो दुई जना केन्द्रीय सदस्य, केही नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौं। नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ । पूर्ण केन्द्रीय सदस्यमा बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी) लाई थप गरिएको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । यस्तै शिवराम यादव उनी जनयुद्धकालीन नेता हुन् । यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ । गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

यस्तै केन्द्रीय केही पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जिम्मेवारीमा हेरफेर समेत गरिएको छ । जसअनुसार गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी संघको समेत संयोजन सचिव दिनानाथ शर्माले गर्नेगरी फ्रायाक्सन इञ्चार्जमा केन्द्रीय सदस्य कृष्णध्वोज खड्कालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक संगठनको सह–इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादवलाई जिम्मेवारी दिइएको छ । यसैगरी स्थायी समिति सदस्य अमृता थापालाई गण्डकी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको छ ।

यस्तै केन्द्रीय सदस्य तारा घर्ती मगर र केन्द्रीय सदस्य अञ्जु दहितलाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा, केन्द्रीय सदस्य शिव बहादुर बस्नेतलाई सम्पर्क समन्वय प्रदेशबाट कोशी (प्रदेश नं १) मा, केन्द्रीय सदस्य करुणा बस्नेतलाई कोशीबाट सम्पर्क समन्वय प्रदेशमा, वैकल्पिक केन्द्रीय सदस्य पदम राज जोशीलाई सुदुरपश्चिम प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा र वैकल्पिक केन्द्रीय सदस्य पुष्प न्यौपानेलाई सुदुरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको पार्टी कार्यालय स्रोतले जनाएको छ ।

माओवादीले यससम्बन्धी जानकारी गराउँदै मातहतका कमिटीलाई सर्कुलर समेत पठाइसकेको बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित