बर्दियामा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

बर्दिया । बर्दियामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा बढैयाताल गाउँपालिका– १ सानो डाँफेका ५० वर्षीय कृपाल सुनार पक्राउ परेका छन् । उनले आफ्नै ४० वर्षीया श्रीमती केशकुमारी विकको हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो २ बजेको समयमा घरदेखि करिब पाँच सय मिटर टाढा जुहारीलाल एरीको धानखेतमा घाँस काटिरहेको समयमा श्रीमान् सुनारले केशकुमारीलाई धारिलो हतियार प्रहार गरेका थिए । सुरुमा धारिलो हतियार प्रयोग गरेर घाइते बनाएको र खेतमा भएको पानीमा श्रीमतीको टाउको थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । श्रीमान् सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित