काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संसदको अवरोध हटउने विषयमा छलफल जारी छ । उनीहरुबीच शुक्रबार बिहान ९ बजेदेखि छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणलाई लिएर गत साउन १० गतेदेखि नै संसद अवरोध गर्दै आएको छ ।
यसअघि पनि प्रधानमन्त्री र सभामुखबीच सदन खुलाउने विषमा पटक पटक छलफल भइसकेको छ । यद्यपि एमाले आफ्नो अडाबाट पछि हटेको छैन । एमालेले गत साउन २ गते सिनामंगलबाट नियन्त्रणमा लिइएको सुनको विषयमा छानविन गर्न उच्चस्तरिय समिति बनाउनु पर्ने माग गर्दै आएको छ । तर सरकार पक्ष भने केन्द्रीय अनुसन्धान व्यूरोले नै अनुसन्धान गर्नुपर्ने अडानमा छ ।
एमालेको संसद अवरोधका कारण नियमित कार्यसूचीहरु अघि बढ्न सकिरहेका छैनन् ।