जनतासँग नङ र मासुको जस्तो सम्बन्ध थियो, बीचमा अल्मलियौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँगको सम्बन्धलाई फेरि ट्रयाकमा ल्याउने संकल्पसहित अघि बढिएको बताएका छन् । बिहीबार रामेछापमा आयोजित २०औँ दोरम्बा हत्याकाण्ड दिवस कार्यक्रममा उनले पहिले माओवादीसँग जनताको सबन्ध नङ र मासुको जस्तो भएको र बीचमा अल्मलिएको बताए ।

“माओवादीसँग जनताको हिजो पानी र माछाको जस्तो सम्बन्ध थियो । नङ र मासुको जस्तो सम्बन्ध थियो । जनताको छोराछोरीको रूपमा माओवादीले जनताको रूपमा साथ दिने गरेको थियो ,” उनले भने, “बीचमा अल्मलिएको कुरालाई फेरि एक पटक ट्याकमा, सहि बाटोमा ल्याउने संकल्प गरेर आएका छौँ ।”

आत्मआलोचना गर्दै फेरिने संकल्पसहित तीन महिने अभियानमा शुभेच्छुक र विरोधीको घरमा पनि जाने उनको भनाइ छ । अर्को तीन महिनामा जीवन्त पार्टीको रूपमा आउने बताए । एक ढिक्का भएर जाँदा आगामी निर्वाचनमा ०६४ को भन्दा ठूलो पार्टी बन्न सक्ने समेत बताए ।

“यही प्रक्रियाले गयौं भने अर्को निर्वाचनसम्म पुग्दा ०६४ मा जहाँ थियो । त्यहाँभन्दा माथि जान सकिन्छ,” प्रचण्डको भनाइ छ । उनले सरकारले बेथिति विरुद्धको अभियान चलाइएको बताए । गठबन्धनमा समस्या नरहेको जिकिर गरे ।

“गठबन्धनमा राम्रो सहमति छ । कहिलेकाहीँ केही मानिसहरू जसलाई सुशासन, समाजिक न्याय र समृद्धिको मन परेको छैन । उनीहरूले विभिन्न खालका भ्रम छर्ने कोशिष गरेका छन् ,” उनले भने, “गठबन्धन एक ढिक्का छ । भाम्रक प्रचारको पछि नलाग्न आग्रह गर्दछु ।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित