रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछापको दोरम्बा पुगेका छन्। दोरम्बा स्मृति दिवस र पार्टीका अरू गतिविधिमा सरिक हुन प्रधानमन्त्री दोरम्बा पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्र, दोरम्बा थैलड गा.पा संगठन समितिले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभालाई सम्बोधन गरेका छन्।
प्रधानमन्त्रीसँगै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि दोरम्बा पुगेका छन्। दोस्रो युद्धविरामकै सयमा आजकै दिन, साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो।
युद्धविराम उल्लंघन गर्दै तल्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना कार्यकर्ता मारिएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ।