एमालेका कार्यक्रममा पार्टीका जीवित नेतामध्ये ओलीको मात्रै फोटो राख्न पाइने

काठमाडौं । नेकपा एमालेले पार्टी र भ्रातृ संगठनका कार्यक्रममा आफ्ना जीवित नेतामध्ये अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर राख्न पाइने गरी सर्कुलर गर्ने तयारी गरेको छ । पछिल्लो पार्टी सचिवालय बैठकमार्फत् एमालेले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष ओलीले पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी सचिवालयको निर्णय सुनाएका थिए । उनले निर्णय सुनाए पनि एमालेले औपचारिक रुपमा सर्कुलर पठाउन बाँकी छ । पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार बिहीबार साँझ उक्त सर्कुलर जारी गरिने छ ।

‘फोटोको मामिलामा भद्रगोल नै भयो, अब त अखिलको प्रारम्भिक कमिटी अध्यक्षले पनि कार्यक्रममा आफ्नो फोटो ठूलो पारेर राख्न थाले,’ रिमालले भने, ‘कोही नेता अतिथि भएर गए भने उसैको फोटो राखिदिने, म गएँ भने मेरै फोटो पनि ढलक्क ढल्काइदिइहाल्ने । यो त हुँदै भएन भनेर यस्तो निर्णय गरेका छौं ।’

एमालेले फोटो राख्ने क्रममा पहिलो तस्वीर र पुष्पलालको, दोस्रो मदन भण्डारीको, तेस्रो मनमोहन अधिकारीको राख्ने गर्छ । अब त्यसको चौथो क्रममा ओलीको राखिने पार्टी निर्णय छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित