साथीमार्फत घुस लिने इन्जिनियर नगद र चेकसहित पक्राउ

धनुषा । धनुषाको शहिदनगर नगरपालिकाका एक इन्जिनियर र उनका साथी घुस रकम र चेकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनी दुवै जनालाई घुस लिंदैगर्दा पक्राउ गरेको छ ।

घुस बापत लिएको एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजारको चेक बरामद भएको अख्तियार स्रोतले जनाएको छ । वाल निर्माण कार्यको भुक्तानी बापत इन्जिनियर चौधरीले साथीमार्फत घुस लिएलगत्तै पक्राउ परेका हुन् ।

शहिदनगर नगरपालिका ३ स्थित पशु सेवा केन्द्रको भवनबाट पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास लगिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित