काठमाडौं । आज साउनको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको हो। जसअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार चार सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५०रुपैयाँ कायम गरिएको छ। बुधबारसुनको मूल्य प्रतितोला १ लाख ११ हजार दुई सय रुपैयाँ थियो।
महासंघका अनुसार आज चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँ कायम छ।