आफ्नो संवेदनशील अंग काटेका युवक अस्पताल भर्ना

काठमाडौं । आफैँले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेर मकवानपुरमा १ जना युवक घाइते भएका छन्। घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार हुमागाईं बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका थिए। होटलमा बसेकै बेला उनले आफ्नो लिङ्ग काटेको देखिएको प्रहरीले जनाएको छ।

आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। उनी उपचारका लागि भनेर राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए।

अस्पताल पुगेका हुमागाईं आफूले राति १० बजेतिर आफ्नो लिङ्ग काटेको बताएका थिए। हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

प्रहरीले उनी घाइते भए पनि अवस्था मध्यम रहेको जनाएको छ। प्रहरीसँगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’का कारण लिङ्ग काटेको बताएका छन्। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित