सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले थप चार जना चिनियाँलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुलाई म्याद थप गर्न पठाइएको प्रहरीले जनाएको छ। यसअघि सोमबार मात्रै थप तीन चिनियाँ नागरिकलाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरुबाट ३१ लाख रुपैयाँ बरामद समेत भएको थियो।

सोमबार चिनियाँ नागरिकहरु गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ‘१ क्विन्टल’ सुन बरामद गरेको थियो।

मोटरसाइकल र स्कुटरको डिस्क ब्रेकको प्याडमा मोरेर ल्याइएको अवस्थामा सुन बरामद भएको थियो। राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन ब्रेक सुबाट अलग्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो। नेपाल राष्ट्र बैंकको टक्सार विभागले उक्त सुन मंगलबार गालिसकेको छ।

सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुरुवाती अनुसन्धान गरेकामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ। सीआईबीले राजस्व छलिका अतिरिक्त संगठित अपराध लगयातमा अनुसन्धान गरिरहेको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित