राष्ट्रपति पौडेल र केपी ओलीबीच भेटवार्ता,के भयो कुराकानी ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । ओली र पौडेलबीच आज राष्ट्रपति निवास शीतल निवासमा भेट भएको शीतल निवास स्रोतले जनाएको छ ।

आजको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेले गरिरहेको सदन अवरुद्धलाई लिएर चासो देखाएको स्रोतले जनाएको छ । शीतल निवास निकट स्रोतका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए ।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो सुनलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गरिरहेको छ ।

गत साउन २६ गते राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शितल निवासमै छलफल गरेका थिए।

राष्ट्रपति पौडेलले साउन २५ गते प्रधानमन्त्री दाहालसँग शितल निवासमै भेटवार्ता गरेका थिए। लगातार संसद अवरोध हुँदा जनताका कुरा सांसदहरूले सदनमा राख्न नपाएको विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित