काठमाडौं । लोकसेवा आयोगले ३६० जना हलुका सवारी चालक पदमा कर्मचारी मागेको छ । बुधबार आयोगले प्रकाशित गरेको सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । सूचनाअनुसार परीक्षाको किसिम प्रयोगात्मक र अन्तरवार्ता हुनेछ । दरखास्तको मिति भदौ १९ देखि भदौ २६ सम्म तोकिएको छ ।
‘उच्च अदालत पाटनको मिति २०७८/ ६/१३ मा भएको उत्प्रेषण परमादेशको आदेश तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/३/१४ को निर्णय अनुसार सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिई सवारी साधन चलाई रहेका संघ, प्रदेश र स्थानीयतहमा समायोजन भई कार्यरत श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका निजामती कर्मचारीहरुका लागि नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूहको हलुका सवारी चालक पदमा सेवा, समूह, उपसमूह परिवर्तन गर्न निजामती सेवा ऐन, २०४९ को दफा २६ बमोजिम दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ’, आयोगको सूचनामा भनिएको छ ।