काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो।
निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।
यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ। समायोजन भएको मूल्य मंगलबार रातिबाट लागू हुनेछ।