ओली र रावल २० महिनापछि आमनेसामने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलले पार्टी कार्यालय च्यासलमा भेटवार्ता गरेका छन् । २०७८ मंसिरमा चितवनको सौराहामा भएको १० औं महाधिवेशनपछि रावलले ओलीसँग पहिलोपटक भेटवार्ता गरेका हुन्।

महाधिवेशनमा ओलीले सर्वसम्मत हुन चाहेका थिए। तर रावलले ओलीविरुद्ध प्रतिस्पर्धा गरेका थिए। त्यसपछि ओलीले रावललाई किनारामा पार्दै आएका थिए। अध्यक्षमा पराजित भएका रावलले केन्द्रीय सदस्य अस्वीकार गरेका थिए।

महाधिवेशनपछि ओलीले रावललाई सुदूरपश्चिमको नेतृत्वको जिम्मेवारीबाट अलग गरेका थिए। माओवादी केन्द्रबाट एमालेमा आएका लेखराज भट्टलाई जिम्मेवारी दिइएपछि रावलले सार्वजनिक मञ्चबाटै ओलीको आलोचना गर्दै आएका थिए।

आफ्नो आलोचना नरोकेपछि ओलीले रावललाई कारबाहीको तयारी गरेका थिए। उनले उपाध्यक्ष विष्णु पौडेललाई वार्ता गरी कारबाहीको सिफारिस गर्नसमेत भनेका थिए।

तत्कालीन नेकपाका बेला रावल अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा उभिए पनि अन्तिममा भने एमालेमै रहे। उनी अहिले एमालेमा कुनै जिम्मेवारीमा छैनन्। रावल महाधिवेशनपछि पार्टी कार्यालय समेत गएका थिएनन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित