कक्षा १२ को नतिजा सार्वजनिक गर्न साढे ४ बजे परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । ‘हिजो नै रिजल्ट तयारीबारे एक चरणमा बैठक भइसकेको छ, प्राविधिक समस्या नआए आजै साँझसम्म कक्षा १२ को नजिता सार्वजनिक हुने सम्भावना छ,’ उनले भने, ‘केही कठिनाइ देखिए नतिजा प्रकाशन भोलि (बुधबार) सर्न पनि सक्छ ।’

सोमबार बोर्ड बैठक बसेर तयारी पुरा भएपछि नतिजा सार्वजनिक गर्न पुनः बैठक डाक्ने निर्णय भएको थियो । त्यहीअनुसार मंगलबार साढे ४ बजेलाई बैठक बोलाइएको बोर्डका एक कर्मचारीले जनाए । वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

प्रत्येक विषयको सैद्धान्तिक तर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । ती मध्ये २ विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका छन् । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित