एमालेको केन्द्रिय सदस्यबाट विदा भए केशव स्थापित

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाका पूर्व मेयरसमेत रहेका केशव स्थापितलाई केन्द्रिय सदस्यलाई बिदा गरेको छ । एमालेको सोमबार बसेको सचिवालय बैठकले स्थापितसंगै केन्द्रिय सदस्य सिराहाका प्रमोद नारायण यादवलाई पनि केन्द्रिय सदस्यबाट विदा दिने निर्णय गरेको छ ।

एमाले स्रोतका अनुसार स्थापित तथा यादव दुबै नेताले पार्टी नेतृत्वसमक्ष कार्यकारी भूमिकाबाट विदा लिन चाहेको जानकारी गराएका थिए । उनीहरुको चाहना अनुसार नै सचिवालय बैठकले उनीहरुलाई विदा दिने निर्णय गरेको बताइन्छ । निर्णयपछि उनीहरुको राजीनामा स्वीकृत गरिएको छ ।

यसैबीच, सोमबारकै सचिवालय बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनित गरेको छ । उक्त विभागको प्रमुखमा एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे छिन ।यसैगरी, खानेपानी तथा सरसफाइ सचिवमा आर वशिष्ठलाई मनोनित गरिएको छ भने संगठन विभागको सचिवमा माधव ढुंगेललाई मनोनित गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित