मुगु जिप दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुग्यो

मुगु । सोरु गाउँपालिकामा–७ मा जिप दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ जना पुगेको छ । दुर्घटनामा ४ जना सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार सीप पहिरो नजिक मंगलबार ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु हुनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपाली, हुम्लाको रिप गाउँका राम परियार, सर्केगार्ड–२ हुम्लाका प्रकाश बोहोरा, हुम्ला सर्केगार्ड–२ का राम परियार र सर्केगाड–२ हुम्लाका पियुस परियार रहेका छन् ।

त्यसैगरी उक्त जिप दुर्घटनामा घाइते हुनेहरुमा सोरु गाउँपालिका–५ का गोविन्द शाही, सिप गाउँका जिप चालक दिनेश लावड र सोरु गाउँपालिका–६ बन्जाहाँ गाउँका सेरे रोकाया र हुम्ला सिमकोट २ का उद्दिम बोहोरा रहेको प्रहरी नायब उपरीक्षकको भनाइ छ ।

मंगलबार सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेर दुर्घटना हुँदा घटनास्थमै दुई जनाको मृत्यु भएको र थप २ जनाको सीप स्वास्थ्यचौकीमा मृत्यु भएको र एक जना लोकजन नेपालीको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

हुम्लाका ४ जनाको शव सीप स्वास्थ्यचौकीमै राखिएको र अर्का मृतक लोकजनको शव जिल्ला अस्पताल राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । मृतकका परिवार बोलाएर शव बुझाइने प्रमुख जिल्ला अधिकारीले बताए ।

घाइते ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र उनीहरुको होस् खुलेको चिकित्सकको भनाइ छ । घटनास्थलबाट घाइतेहरुलाई उपचारका लागि सशस्त्र प्रहरी बल र जनपथ प्रहरीले सोमबार राति १२ बजे जिल्ला अस्पताल पुर्‍याएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित