मन्त्री फिर्ता बोलाउनेबारे निर्णय गर्न माओवादी पदाधिकारी बैठक बालुवाटारमा जारी

काठमाडौं । मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

पारिवारिक भेटघाटका लागि गृहजिल्ला चितवन पुगका प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किएलगत्तै पदाधिकारी बैठक बसेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लागेका हुन् ।

यसअघि जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । बालुवाटार स्रोतका अनुसार माओवादीबाट मन्त्री भएका पर्यटनमन्त्री सुदन किराँती वा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित